समाज : सुरक्षा/अपराध

झापाको दमकमा चोरीका घटना बढ्दै

चैत १०, २०७३

    दमक : पछिल्लो समय झापाको दमक क्षेत्रमा चोरीको घटनामा वृद्धि हुँदै गएको प्रहरीले जनाएको छ। चोरीका घटना बढेसँगै प्रहरीले आफ्नो सक्रियतालाई पनि बढाएको छ। पछिल्लो चार दिनमा मात्र दमकमा चारवटा चोरीका घटना भएको प्रहरीले जनाएको छ। 

    दमक क्षेत्रबाट पछिल्लो चार दिनमा दुईवटा मोटरसाइकल र एक कम्प्युटर पसल चोरीमा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो। चैत ६ गते दमक– १३ (हालको दमक– ८) का रामबहादुर थापाको को२७प ७४२८ नम्बरको मोटरसाइकल चोरी गर्ने पाँचथर रवि– ३ का २६ वर्षका हेजन लिम्बु र मोरङको कोसी–हरैँचा १० का २२ वर्षका वीरेन भनिने विकास केसीलाई पक्राउ गरेको हो। यस्तै उनीहरूले नै दमक– १३ (हालको दमक– ६) मा रहेको सफल कम्प्युटर पसलसमेत चोरी गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन लिम्बुले बताए। 

    उनका अनुसार उक्त पसलबाट उनीहरूले ल्यापटप र नगद गरी तीन लाख रुपैयाँ बराबरको चोरी गरेका थिए। उनीहरूलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको हो। चोरी गरेर फरार रहेका लिम्बुलाई सुनसरीको इटहरी र केसीलाई  धरानबाट पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

    यस्तै मोरङको पथरी–शनिश्चरेका बालकृष्ण न्यौपानेको मे७प ३३२ नम्बरको मोटरसाइकल मलामी आउने क्रममा झापाको शिवसतासीमा चोरी गर्नेलाई समेत पक्राउ गरी अनुसन्धान थालिएको लिम्बुले बताए। उक्त मोटरसाइकल चोरीमा संलग्न इलाम चुलाचुलीका २० वर्षका मिलन बस्नेत र इलाम जीतपुरका १८ वर्षका दिनेश सारु मगरलाई प्रक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। उनीहरूबाट को १२ प ५५१३ नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल पनि चोरीकै भएको तर कसको हो भन्ने फेला नपरेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]