काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ। तीन दिने भ्रमणका लागि बिहीबार नेपाल आएका रक्षामन्त्रीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यसखालका उच्चस्तरीय भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध अझ माथि उठाउने बताए।
प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहेको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट पारे। चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनिया सहयोग महत्वपूर्ण रहेको बताउँदै उनले सहयोगप्रति धन्यवाद व्यक्त गरे।
नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्वन्धप्रति पनि प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे।
भेटका अवसरमा रक्षामन्त्री जनरल चाङ वान क्वानले प्रधानमन्त्रीको बिहीबारदेखि हुन लागेको चीन भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सद्भाव र आत्मीय सम्बन्धप्रति आभार व्यक्त गरे। उनले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागिताका लागि पनि धन्यवाद व्यक्त गरे।
नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सधै नजिकबाट सहयोग गर्ने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।