काठमाडौँ : नयाँ सत्ता समीकरणको भविष्यमाथि नै आशंका उब्जिने गरी संघको मन्त्रालय भागबन्डामा हदैसम्म लचिलो बनेको नेकपा एमाले पछिल्लो ...
- मणिलाल विश्वकर्मा-
लहान : व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गत सप्तरीको मलेठ घटना छानबिन उपसमितिका संयोजक मोख्तार अहमदले घटनामा व्यापक प्रहरी दमन भएको बताएका छन्।
उपसमितिका संयोजक अहमदले भने, ‘घटनाको प्रारम्भिक अध्ययनपछि सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने अवस्था देखिएन, तर प्रहरीले अनावश्यक बल प्रयोग गरेको पाइयो।’ संयोजक अहमदले मलेठ गोलीकाण्ड घटनाको अध्ययनपछि बिस्तृत छानबिन प्रतिवेदन समितिमार्फत् चैत १५ गतेभित्र सरकारलाई बुझाइने उल्लेख गरे।
उपसमितिले आज नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गरेको सभास्थलको अवलोकनसहित मृतक परिवार, प्रत्यक्षदर्शी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सुरक्षा अधिकारी तथा सरोकारवालाहरूसँग छलफल गरेको छ। मलेठ घटनाबारे स्थानीय सञ्चारकर्र्मी, मानवअधिकारकर्मी, स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखसँग पनि जानकारी लिएको छ।
पाँच सदस्यीय छानबिन उपसमितिमा संयोजक अहमदसहित बसुन्धरा रोकाया, दुलारी हरिजन, श्यामसुन्दर टिवेटेवाला, उषा यादवसहित शाखा अधिकृत ज्ञानहरि पन्थी र कम्प्युटर अपरेटर सुनील खड्का रहेका छन्। छानबिन टोली मलेठ गोलीकाण्डमा मारिएका मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र वीरेन्द्र महतोको घरमा पुगेको थियो। मृतक परिवारलाई भेट्न पुगेको छानबिन उपसमिति समक्ष स्थानीय बासिन्दाले मृतकहरूलाई तत्काल शहीद घोषणा गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए।
नेकपा एमालेको आयोजनामा भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गरिएको जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर मलेठ गाविसका २४ वर्षका सञ्जन मेहता, प्रसवनी गाविस– ४ टेङ्ग्रीका ४२ वर्षका आनन्दकुमार साह, सोही गाविस– २ का ४० वर्षका वीरेन्द्र महतो, मलेठ– ४ जलहरीका ४५ वर्षका पिताम्बर मण्डल, जमनी मध्यपुरा– १ कटवीका ५७ वर्षका इनर यादवको मृत्यु भएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।