राजनीति

चीन जानुअघि राजनीतिक सहमति खोज्दै प्रधानमन्त्री, दिनभरी छलफल

चैत १०, २०७३

    काठमाडौं  : चीन भ्रमणमा जानुअघि मधेसी मोर्चालाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ सत्ता साझेदार कांग्रेस सहित एमाले र मधेसी मोर्चाको छलफल आयोजना गरेका छन्।

    बिहीबार राति चीन भ्रमणमा जानुअघि चुनावका विषयमा सबै राजनीतिक दललाई सहमतिमा ल्याउन प्रधानमन्त्रीले पहल गरेका हुन्। बिहीबार दिउँसोदेखि नै प्रधानमन्त्रीले मधेसी मोर्चा, एमाले र कांग्रेसका नेताहरुसँग छलफल गरेका छन्।

    साँझ नेपाली कांग्रेस, नेकपा एमाले, मधेसी मोर्चासहितको छलफल आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

    बिहीबार प्रधानमन्त्रीले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए। त्यस छलफलमा मधेसी मोर्चालाई सहमतिमा ल्याउनेबारे पुनः छलफल भएको थियो।

    छलफलमा सीमांकन बाहेकका विषयमा संविधान संशोधन प्रस्ताव अघि बढाउन साथ दिन प्रधानमन्त्री प्रधानमन्त्रीले गरेको आग्रहलाई अध्यक्ष ओलीले अस्वीकार गरेका थिए। सीमांकन बाहेकका अन्य विषय पारित गरेर जान प्रधानमन्त्रीले गरेको आग्रह अस्वीकार गरिदिएको भेटमा सहभागी एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए।

    उनले संवैधानिक प्रक्रियामा सहभागी हुने तर राष्ट्रहित विरोधी कुरामा सहमति दिन नसकिने पनि स्पष्ट पारे। बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले मधेसी मोर्चासँग भएका छलफलबारे जानकारी गराएका थिए। एमालेले मधेसी मोर्चालाई साथमा लिन पनि संवैधानिक प्रक्रियामा जानुको विकल्प नरहेको जनाउँदै आएको छ।

    प्रधानमन्त्रीले चीन भ्रमणको विषयमा विहीबार नै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पूर्व मन्त्रीहरु डा.रामशरण महत, रमेशनाथ पाण्डेसहित विज्ञहरु टंक कार्की, राजेश्वर आचार्य, व्यवसायीहरु राजेशकाजी श्रेष्ठ, चन्द्र ढकाल, हरिभक्त शर्मा लगायतसँग पनि छलफल गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]