मनोरञ्जन

नृत्यसाधक भैरवबहादुर थापालाई ‘नृत्य गुरु बा’ सम्मान

चैत १०, २०७३

    काठमाडौं : वरिष्ठ नृत्य साधक भैरवबहादुर थापालाई विहीबार ‘नृत्य गुरुबा’को उपमासहित सम्मान गरिएको छ। मनको बाँध, २५ वसन्त लगायतका चलचित्रमा नृत्य निर्देशन गरेका थापालाई नेपाल नृत्य निर्देशक संघले २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो।

    साँस्कृतिक संस्थानका पहिलो नृत्य निर्देशकसमेत रहेका थापाले २०१० सालमा भैरव नृत्य दल स्थापना गरी देश–विदेशमा नेपाली कला–संस्कृतिको प्रसार गरेका थिए। विहीबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा थापालाई संस्कृतिविद् सत्यमोहन जोशीले कदरपत्र हस्तान्तरण गरे।

     ‘नृत्य साधकले कलाकर्मीहरुबाटै सम्मान पाउनु मेरो लागि खुसीको कुरा हो,’ सम्मान ग्रहण गर्दै थापाले भने, ‘कलाकर्मीहरुको मनोवल बढाउन राज्यले भने अझै ध्यान दिन सकेको छैन, यो दुखको कुरा हो।’ थापाले कलाकारहरुलाई राष्ट्रको गहना भन्ने गरिए पनि राज्यको यथोचित् ध्यान नपुग्दा गहनाहरु खिइँदै गएको धारणा राखे। ‘राष्ट्रका गहनाहरु क्रमशः खिइँदै छन्,’ थापाले भने, ‘सुनको जलप लाएर आएको विदेशी कला–संस्कृतिको अतिक्रमणको मारसमेत नेपाली कलाकारहरुले भोग्नुपरेको छ।’

    थापाले कलाकारहरु राजनीतिक रुपमा समेत सचेत हुनुपर्नेमा जोड दिए। उनले संसदमा समेत कलाकारहरुको प्रतिनिधित्व गराइनुपर्ने धारणा राखे। नृत्य निर्देशक संघका उपाध्यक्ष सञ्जय शर्माले राज्यले कलाकारलाई गहनामात्र नभई राष्ट्रकै अंग ठान्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]