राजनीति

निर्वाचन हुन्छ भन्नेमा हामीलाई गम्भीर शंका छ : डा. भट्टराई

चैत १०, २०७३

    महोत्तरी : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेका कारण चुनाव हुनेमा शंका रहेको बताएका छन्।  हिमाल, पहाड, तराई, मधेस राष्ट्रिय अभियान लिएर बिहीबार महोत्तरीको बर्दिवास आइपुगेका भट्टराईले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। 
    संविधानमा रहेका कमी कमजोरीलाई संशोधनमार्फत सच्याएर सबै पक्षलाई निर्वाचनमा लिएर जानुपर्ने सरकारको मुख्य चुनौती रहे पनि असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन ठोस पहल नभएका कारण निर्वाचन हुन्छ भन्ने कुरामा शंका रहेको उनले बताए। 

    ‘डेढ वर्षदेखि आन्दोलनमा रहेका शक्तिहरूलाई चुनावमा समेट्न सरकारले जुन तदारुकता देखाउनुपथ्र्याे, त्यो नदेखाएर प्रधानमन्त्रीले दुईवटा नाउमा खुट्टा राखेर हिँडेजस्तो देखिन्छ’, भट्टराईले भने, ‘सत्ता स्वार्थको निम्ति चुनाव घोषणा गर्ने तर चुनाव गर्ने वातावरण नबनाउने त होइन भन्ने हामीलाई गम्भीर आशंका छ।’ 
    जाति र क्षेत्रहरूको बीचमा राष्ट्रिय एकता कायम गरी सुशासनमार्फत देशमा विकास र समृद्धि ल्याउन यतिबेला नयाँ शक्ति पार्टी लागिपरेको भट्टराईले बताए। सिरहाको लहानबाट सुरु भएको राष्ट्रिय अभियान क्षेत्रीय र जातीय विविधतालाई जोडेर राष्ट्रिय एकता बलियो बनाउने अभियान भएको भट्टराईले दाबी गरेका छन्। देशलाई तोड्न खोज्ने शक्तिहरूको विरुद्धमा जोड्ने अभियान लिएर पश्चिमको धनगढी पुगेर अभियानको समापन गर्ने उनले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]