काठमाडौँ : नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले गृहमन्त्री रवि लामिछानेको सुरक्षाको लागि दुर्गा प्रसाईंको जस्तो हतियार छ कि छैन भनेर प्रश्न...
- विदुर कटुवाल
उदयपुर : स्थानीय तहको निर्वाचनका लागि उदयपुरमा ९८ वटा मतदान केन्द्र सिफारिस गरिएको छ। जिल्ला निर्वाचन आयोगको कार्यालय गाईघाटका अनुसार जिल्ला मतदान केन्द्र सिफारिस समितिले ८ वटा स्थानीय तहमा ९८ वटा मतदान केन्द्र सिफारिस गरेको हो।
निर्वाचन कार्यालयका सुचना अधिकारी अर्जुन खड्काका अनुसार ४ नगरपालिकामध्ये बेलका नगरपालिकाकामा ९ , त्रियुगा नगरपालिकामा २५, कटारी नगरपालिकामा १५ र चौदण्डी नगरपालिकामा १६ वटा मतदान केन्द्र सिफारिस गरिएको छ । यसैगरी ४ गाँउपालिकामध्ये रौताईमा ८ , सुनकोसीमा ७ , उदयपुरगढीमा ११ र ताप्ली गाँउपालिकामा ७ वटा मतदान केन्द्र सिफारिस भएको छ।
२०७० साल भएको दोस्रो संविधान सभाको निर्वाचनमा ८७ वटा मतदान केन्द्र रहेको उदयपुरमा यस पटक ११ वटा मतदान केन्द्र बढेको हो। ‘गएको असोज मसान्तसम्म जिल्लामा एक लाख ७० हजार ६ सय ४ मतदात संख्या छ,’ सुचाना अधिकारी खड्काले भने, ‘पछिल्लो दुई महिनाअघि कार्यालयले गाँउ गाँउमा गएर संकलन गरेको फोटो सहितको मतदाता नामावलीको संख्या नतोकिएकोले यकिन भएको छैन्। मतदाताको संख्या अझै बढ्नेछ।’
यस पटकको निर्वाचनबाट जिल्लामा ४ गाँउपालिका र ८ नगरपालिकाको ७५ वटा वडाबाट जम्मा ३९१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । जसमा ८ जना प्रमुख तथा ८ जना उपप्रमुख हुनेछन्।
उदयपुरमा २३ दल चुनावी मैदानमा
जिल्लामा २३ वटा राजनीतिक दलले निर्वाचन भाग लिने भएका छन्। निर्वाचन कार्यालयमा उदयपुरका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा(माओवादी केन्द्र), राप्रपा, नेकपा (माले) संघीय समाजवादी फोरम, सदभावना पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल, संघीय सद्भावना पार्टी, नयाँ शक्ति पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), फोरम (लोकतान्त्रिक), तमलोपा, समाजवादी जनता पार्टी, एकीकृत राष्ट्रवादी पार्टी र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले लगायत पार्टीहरु चुनावमा सहभागी हुनेछन्।
जिल्लाको ८ वटा स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्र, एमालेबीच चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान लगाइएको छ।
चुनावी अभियानमा जुटे दलहरु
दिनप्रति दिन वैशाख ३१ नजिकिरहेको बेला उदयपुरका राजनीतिक दलहरु चुनावी अभियानमा लागेका छन्। नयाँ संरचनामा बनेको स्थानीय तहको ढाँचामा पार्टीको संरचना बदल्दै मुख्य गरी गाँउपालिका, नगरपालिकाको वडाको भेला सम्मेलनमा जुटेका छन्।
नेकपा एमाले उदयपुरका जिल्ला सचिव नयाँ स्थानीय तहको ढाँचामा पार्टी रुपान्तरण गर्ने काम अगाडी बढाएको बताए। ‘एमाले उदयपुरलाई पनि चुनाव लागि सकेको छ,’ सचिव राउतले भने, ‘पहिला स्थानीय तहको संरचनामा पार्टीलाई निर्माण गर्ने अनि पार्टीलाई जिताउने उम्मेदवारी खोज्ने तयारी छौ।’
नेकपा माओवादी केन्द्र उदयपुरले अहिले ८ वटै स्थानीय तहमा भेला तथा सम्मेलन गरिरहेको माओवादी केन्द्र उदयपुरका संयोज विनोद कटुवाल दिवसले बताए। ‘माओवादी केन्द्र अहिले चुनावी मैदानमा जुटिसकेको छ,’ कटुवालले थाहाखबरको कुराकानीमा भने, ‘प्रत्येक गापा र नपाको भेला सम्मेलन सकेर उम्मेदवारीको टुङगो लगाउने छौ।’
अहिलेको सबैभन्दा ठुलो सत्तरुढ दल नेपाली काङग्रेस पनि चुनावी कार्यक्रमका लागि गाँउ घरमा पुग्न थालेको छ। जिल्ला रहेका संघीय समाजवादी फोरम, मधेसी दलहरु समेत चुनाव प्रचार प्रसार गर्दै संगठन निर्माणमा जुटेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।