राजनीति

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका सभामुखबीच भेट

चैत १०, २०७३

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशका सभामुख डा. सिरिन शर्मिन चौधरीबीच शिष्टाचार भेट भएको छ।
    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा नेपाल र बंगलादेशबीचको सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

    भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल र बंगलादेशबीच सन् १९७२ देखि सुमधुर कूटनीतिक सम्बन्ध रहँदै आएको र हालसम्म कुनै समस्या नरहेको बताउँदै बंगलादेशका सभामुखलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए।
    से अवसरमा बंगलादेशका सभामुखले प्रधानमन्त्री प्रचण्डलाई बंगलादेश भ्रमणको निम्तो पनि दिइन्।

    सभामुख शर्मिनले नेपालको संविधान र शान्ति प्रक्रिया विश्वकै नमुना भएको बताउँदै यसबाट संसारले सिक्न सक्ने बताइन्। उनले नेपालको संविधान धेरै प्रगतिशील रहेको र यसले महिलालाई धेरै अधिकारसम्पन्न बनाएको भन्दै यसका लागि प्रधानमन्त्रीलाई बधाई र धन्यवाद पनि दिइन्।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]