राजनीति

सिमाङ्कन थाँती राखेर स्थानीय निर्वाचनमा जुट्न मोर्चालाई प्रधानमन्त्रीको आग्रह

चैत १०, २०७३

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्तावअन्तर्गत सिमाङ्कन बाहेक अन्य विषयमा सहमति जुटाएर स्थानीय निर्वाचनमा जुट्न मोर्चालाई आग्रह गरेका छन्। उनले सिमाङ्कनको विषय संसद्‍बाट तत्काल पारित हुने अवस्था नरहेका कारण अन्य बुँदामा सहमति गरेर निर्वाचनमा जान मोर्चाका नेताहरुसँग आग्रह गरेका हुन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सरकारमा संलग्न कांग्रेस, माओवादी केन्द्र, राप्रपा, प्रमुख प्रतिपक्षी एमाले र मधेसी मोर्चाको बैठक बालुवाटारमा बसेको थियो। बैठकमा प्रतिपक्षी एमालेले यथास्थितीमा कुनै पनि हालतमा संविधान संशोधन विधेयक पारित गर्न नदिने अडान कायम राखेको थियो। एमालेले आफ्नो अडान कायम राखेपछि प्रधानमन्‍‍‍त्रीले सिमाङ्कनको प्रस्ताव थाँती राख्‍ने सहमति गर्न मोर्चालाई आग्रह गरेका हुन्। 
    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापा, एमाले नेताहरु बामदेव गौतम र सुवास नेम्वाङ, मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, महेन्द्र राय यादव लगायत सहभागी छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]