अर्थ

डडेल्धुरा–काठमाडौं रुटमा क्यान्टिन र शौचालयसहितका बस सञ्चालनमा

चैत १०, २०७३
    • प्रकाश पार्की

डडेंल्धुरा : डडेंल्धुरा–काठमाडौं रुटमा अत्याधुनिक सेवासुविधा सहितका बसहरु चल्न थालेका छन्। एक दशक पहिले डडेल्धुरामा स्थापना भएको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समिति डडेल्धुराले सार्वजनिक यातायातको सेवालाई गुणस्तरीय बनाउन मुलुकमै पहिलो पटक एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो।

आज औपचारिक रुपमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय बहादुर स्वाँरले डडेल्धुरा–काठमाडौं रुटमा सुविधा सम्पन्‍न नयाँ बसको उद्‍घाटन गरे। उनले रिवन काटेर उद्‍घाटन उद्‍घाटन गरेपछि आजै मिनी क्यान्टिन, शौचालय लगायतका सुविधासहितको एउटा बस डडेंल्धुराबाट काठमाडौंका लागि छुट्यो।

नेपालमा पर्यटक लक्षित यस्ता सुविधासहितका बसहरु पहिले नै सञ्चालनमा आईसकेको भएपनि सार्वजनिक यातायात क्षेत्रमा भने उग्रतारा यातायात व्यवसायी समितिले पहिलो पटक बसहरु सञ्चालनमा ल्याएको समितिका अध्यक्ष सन्तोष कुमार खड्काले दाबी गरेका छन्।

डडेल्धुरा जिल्लामा प्रधान कार्यालय स्थापना गरि २०६३ बाट सेवा सुरु गरेको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिले २०७१ सालमा डडेल्धुरा–काठमाडौं घटाल डिलक्स बस सेवा सुरु गरेको थियो। समितीले आजबाट सेवा-सुविधा बिस्तार गर्दै घटाल एयर सस्पेन्सन एसी बस सेवा संचालनमा ल्याएको हो।

पहिलो पटकका लागि ६ वटा बसबाट सेवा सुरु गरिएको र भविष्यमा बसहरु अझै थप गर्ने योजना रहेको उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए।

नेपालमै पहिलो पटक सञ्चालनमा ल्याईएको उक्त सार्वजनिक यातायात सेवा अन्तर्गतका बसहरुमा मिनी क्यान्टिन, ट्वाईलेट, वाईफाई, एलईडी टीभी, म्युजिक, रेडिङ्गलाईट, कम्फरटेबल सिट सेवाहरु उपलब्ध छन्। दैनिक डडेल्धुरा–काठमाडौं रुटमा चल्ने उक्त बसहरु डडेल्धुराबाट काठमाडौंका लागि १२ बजेर ५ मिनेटमा छुट्नेछ भने काठमाडौंबाट डडेल्धुराका लागि २ बजेर ५ मिनेटमा छुट्ने बताइएको छ। भाडादर नेपाल सरकारले तोके बमोजिम दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]