छापा

कञ्चनपुरका नागरिक भन्छन्,  'दुई देशबीच वैधानिक सीमा कायम होस्'

चैत ११, २०७३

    महेन्द्रनगर : पुनर्वास घटनाबारे स्थलगत अध्ययनका लागि आएका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सांसद्समक्ष कञ्चनपुरका राजनीतिक दलले भारतसँगको खुला सीमा हटाई व्यवस्थित र वैधानिक सिमाना मात्र प्रयोग गर्न सुझाव दिएका छन्। उनीहरूले पटक–पटक सीमाक्षेत्रमा हुने साना घटनालाई बेवास्ता गरेकैले पुनर्वास क्षेत्रमा नेपालीले ज्यान गुमाउनुपरेको बताए।

    ‘पुनर्वास घटनामा कोही जिम्मेवार नभएकाले गोविन्द गौतमले ज्यान गुमाउनुपरेको हो’, बिहीबार महेन्द्रनगरमा संसदीय टोलीलाई घटनाबारे जानकारी गराउँदै एमाले कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङले भने, ‘सीमामा देखा परेको विवादपछि सुरक्षा तथा प्रशासनिक निकायले उच्च सतर्कता अपनाउन नसक्दा यस्तो भयो।’ उनले यो घटनाबाट पाठ सिक्दै नेपाल र भारतको उच्चस्तरीय सीमाटोलीले तत्काल सीमाक्षेत्रमा सुरक्षा पोष्ट राख्नुपर्ने बताए।

    कांग्रेस कञ्चनपुरका सभापति हरि बोहराले तत्काल सीमांकन गर्नु नै समस्याको दीर्घकालीन समाधान भएको बताए। उनले सीमामा वैध नाकामात्र प्रयोग गर्न सुझाव दिए। सीमा क्षेत्रमा भारतले एसएसबी तैनाथ गरेझैं नेपालले पनि सशस्त्र प्रहरी पोष्ट राख्नुपर्ने उनले बताए।

    राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष लोकन्द्र लम्सालले भने, ‘पटक–पटक भारतीय सुरक्षाकर्मी हातहतियारसहित नेपाल प्रवेश गर्दा पनि उनीहरूलाई ससम्मान फिर्ता पठाउने सरकारी रवैयाका कार भारतको हेपाहा प्रवृत्ति बढेको हो।’उनले घाइते टीकाराम चापागाईँलाई जिउँदो शहीद घोषणा गर्न माग गरे।

    राप्रपाका पूर्णबहादुर चन्दले भने, ‘ खुला सीमा व्यवस्थित गर्नैपर्छ। एसएसबी तैनाथ भएकै ठाउँमा हाम्रो प्रहरीको पोष्ट पनि हुनुपर्छ।’ प्रशासन र सुरक्षा निकाय सतर्क नहुँदा पुनर्वास घटना भएको माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर थापाले बताए।

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]