छापा

बोडेमा जिब्रो छेडाउनेको खोजी

चैत ११, २०७३

    भक्तपुर : बोडेमा वैशाख २ गतेको जात्रालाई निरन्तरता दिन जिब्रो छेडाउने व्यक्तिको खोजी सुरु भएको छ। मध्यपुर थिमि नगरपालिकास्थित बोडेमा मनाइने जात्रा नजिँकिँदै गर्दा जिब्रो छेडाउने व्यक्तिको खोजी गरिएको बोडे स्पोर्टस् क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतिले बताए। 

    अाठ वर्षयता निरन्तर जिब्रो छेड्दै आएका बोडेका ३८ वर्षीय जुजुभाइ बासः श्रेष्ठ यसपटक अनिच्छुक देखिएपछि नयाँ व्यक्तिको खोजी गरिएको हो। जिल्लाको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत मनाइने यो जात्रा जिब्रो छेड्ने व्यक्तिको अभावमा संकटमा पर्ने भन्दै स्थानीय बासिन्दाले चिन्ता जनाएका छन्।

    यो जात्रामा जिब्रो छेड्ने व्यक्ति बोडे निवासी नेवार श्रेष्ठ थरकै हुनुपर्ने परम्परा छ। जिब्रो छेडाउने कोही नभए प्रधान नाइके (पमा) नै अघि सर्नुपर्ने मान्यता रहेको बताइन्छ। जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेड्ने परम्परा छ।

    जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थन गर्ने विधान छ। जिब्रो छेड्दा रगत आउन नहुने, आए अनिष्ट हुने जनविश्वास छ। जिब्रो छेडिएपछि विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी झुण्ड्याइ चन्द्राकार बत्ती बोकीशक्तिपीठहरूको दर्शन गर्ने प्रचलन छ।

    हालसम्म क–कसले  जिब्रो छेडाए भन्ने आधिकारिक विवरण फेला नपरे पनि पछिल्लो तथ्यांक अनुसार जुजुभाइका बाजे हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेनघो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्दै बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ४ र जुजुभाइले ८ पटक जिब्रो छेडाएका छन्। 

कान्तिपुर दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]