छापा

एक किलोमिटर सडक बनाउन तीन वर्ष, दैनिक ३० हजार जरिवाना तिर्छ ठेकदार कम्पनी

चैत ११, २०७३

    चरिकोट : सातदोबाटो सडकको सहरी सडक योजनाअन्तर्गत नौ सय मिटर सडक विस्तार गर्न तीन वर्ष लागेको छ। तोकिएको समयमा काम सम्पन्नन नभएपछि ठेकेदारले दैनिक ३० हजार रुपैयाँ जरिवाना तिर्दै आएका छन्।

    समयमा काम गर्न नसक्ने एक प्रतिष्ठित निर्माण कम्पनीले सानो ठेक्काका ढिलासुस्ती गरेबापत ३० हजार रुपैयाँ हर्जाना तिरिरहेकाो डिभिजन सडक कायाृलयका प्रमुख अशोक तिवारीले जानकारी दिए। चरिकोट सातदोबाटो सडकको सहरी सडक योजनाअन्तर्गत नौ सय मिटर सडक विस्तारमा पटक–पटक म्याद थप गर्दा पनि काम नसकेपछि पाँच महिनादेखि हर्जाना तिरिरहेको छ। यस्तो हर्जाना कुल ठेक्का रकमको १० प्रतिशत मात्र असुल गर्न पाइने व्यवस्था छ।

    सडक समयमा नबनेपछि नागरिकले सास्ती भोग्नुपरेको छ। सडक अलपत्र परेपछि स्थानीय हिँदमा धुलोको सास्ती र वर्षा लागेपछि हिलोको दुःख भोग्न बाध्य छन्।
    सडक अलपत्र भएकाले बजारका मुख्य चोकको ट्राफिक व्यवस्थापनसमेत टाउको दुखाइको विषय बनेको दोलखाका ट्राफिक प्रहरी प्रमुख नयन भण्डारीले बताए।

    असार २०७१ मा काम सम्पन्न गर्नेगरी ९ वैशाख ०७० मा ६ करोड दुई लाख २९ हजार चार सय ३३ मा काम सक्नेगरी ठेक्का सम्झौता भयो। तर हालसम्म खासै प्रगति नभएपछि डिभिजन कार्यालय चरिकोटबाट ६ महिना म्याद थप भयो। सम्झौता गर्ने निकायले अधिकार पाएअनुसार एकपटक म्याद थप भए पनि दोस्रोपटकदेखि सडक विभागबाट ६–६ महिना गरी म्याद थप हुँदै आएको छ।

    सडकमा खाल्डाखुल्डी र हिलो भएपछि नागरिक समाज, राजनीतिक पार्टीका भ्रातृ संगठनले पटक–पटक आन्दोलन गर्दै आएका छन्। 

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]