छापा

व्यवसायीलाई चुनावको चटारो, गोल्छा र प्रधान प्यानलसहित दौडमा

चैत ११, २०७३

    काठमाडौं : मुलुकभरका उद्योगी–व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा होमिएका छन्। निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको आसन्न निर्वाचनमा आफू र आफ्ना उम्मेदवारको चुनावी अभियानका लागि व्यवसायी देश दौडाहामा लागेका हुन्।

    महासंघको अधिवेशन यही २८ चैतलाई तोकिएको छ। आसन्न अधिवेशन यही २८ चैतलाई तोकिएको छ। आसन्न अधिवेशनमा महासंघको अध्यक्षका लागि चुनाव हुनेछैन। महासंघको हालै संशोधन भएको विधानअनुसार वरिष्ठ उपाध्यक्ष भवानी राणा महाधिवेशनपछि स्वतः अध्यक्ष हुनेछिन्। वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायत बाँकी पदका लागि भने उद्योगी–व्यवसायी प्यानलसहित र स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रचारमा होमिएका छन्। वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्षहरू शेखर गोल्छा र किशोरकुमार प्रधानले उम्मेदवारी घोषणा गरेका छन्।

    वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोल्छा भोट माग्नका लागि जिल्ला दौडाहामा व्यस्त छन्। उनको प्यानलमा जिल्ला तथा नगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा चन्द्र ढकाल छन्।गोल्छा प्यानलले मनोनित हुने कोषध्यक्षमा भने ज्ञानेन्द्रलाल प्रधानलाई अघि सारेको छ।

    वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी किशोर प्रधान पनि प्यानलसहित चुनावी प्रचार प्रसारमा छन्। उनको प्यानलमा जिल्ला तथा उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा शंकरप्रसाद पाण्डे रहेका छन्। प्रधानले एसोसिएट उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवार अझै तय गर्न सकेका छैनन्।

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]