काठमाडौँ : काठमाडौँमा जारी आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० सिरिजमा नेपालले जितका लागि १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्...
उरुग्वेविरुद्ध शानदार जित दर्ता गर्दै ब्राजिल रसिया विश्वकपमा छनोट नजिक पुगेको छ। नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले ४-१ को रवाफिलो जित हात पार्यो।
यसक्रममा चइनिज सुपर लिग खेल्दै आएका पउलिन्होले ह्याट्रिक गरे। इंग्लिस क्लब टोटनह्याम हट्सपरमा आफ्नो प्रभाव छाड्न नसकेपछि चीनतर्फ हानिएका पउलिन्होको ह्याट्रिकले जित सुनिश्चित गर्दा नेयमारले १ गोल थपे।
खेलमा अग्रता भने उरुग्वेले नै लिएको थियो। ८औं मिनेटमा इडिसन कावानीको पेनाल्टी गोलमा लिएको अग्रता पउलिन्होले १८औं मिनेटमा तोडे। त्यसपछि उनले नै ५२ र इञ्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नेयमारले भने ७५औं मिनेटमा बललाई जाली चुमाएका थिए।
अंक तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिलको १३ खेलबाट ३० अंक पुगेको छ। दोस्रो स्थानमा रहेको उरुग्वेले २३ र तेस्रो स्थानको अर्जेन्टिनाले २२ अंक जोडेका छन्। कोलम्बिया २१ अंकसहित चौँथो र इक्वेडर २० अंक जोडेर पाचौँ स्थानमा छन्।
ब्राजिलले अब पराग्वे, इक्वेडर,कोलम्बिया, बोलिभिया र चिलीसँग खेल्न बाँकी छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।