समाज

ठगी अभियोगमा कारागार चलान

चैत ११, २०७३

    दमक : दमक १० स्थितअटो प्लाजाका पूर्व लेखापाल मोतिराम अधिकारी ठगी अभियोगमा कारागार चलान भएका छन्। एक महिनाअघि लाखौं रुपैयाँ ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय दमकले उनलाई गत फागुन १३ गते पक्राउ गरेको थियो।

    जिल्ला अदालत झापाको आदेशपछि अधिकारीलाई चन्द्रगढीस्थित जिल्ला कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए। अधिकारीविरुद्ध रञ्जना पोखरेलको नाममा रहेको 'आरपीआर इन्टरकन्टिनेन्टल'को एनआइसी एसिया बैंकमा रहेको खाताबाट ६८ लाख रुपैया ठगी गरेको प्रहरीमा अभियोग दर्ता भएको थियो।

    बैंकबाट उक्त रकम झिक्न अधिकारीले गएको ८ महिनाका विभिन्न मितिमा ६ वटा चेकमा अंक र अक्षर थपी किर्ते गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो।यसैबीच अधिकारीविरुद्ध नै दमककै 'अटो प्लाजा इन्जिनियरिङ वर्कसप' को नामबाट ठगी मुद्दाकै अर्को उजुरी समेत दर्ता भएको प्रहरीले जनाएको छ। वर्कसपका सञ्चालक बबरजंग थापाले २० लाख रुपैयाँ ठगी गरेको आरोप लगाउदै उजुरी दर्ता गरेका थिए।

    थापाले लेखापाल अधिकारीलाई उनका जेठान नाता पर्ने दमक–१० कै ३३ वर्षीय नितेश खतिवडाले सघाएको भन्दै उनी विरुद्ध समेत उजुरी हालेका छन् । प्रहरीले खतिवडालाई समेत पक्राउ गरेको जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]