काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिका सभापति रविन्द्र अधिकारीले खुला सरकारका लागि सूचनाको हक सवैभन्दा शक्तिशाली माध्यम भएको बताएका छन्।
‘सूचनाको हक कार्यान्वयन गर्न सूचनाको स्रोत नै सङ्लो पार्नुपर्छ’, उनले भने, ‘शक्तिकेन्द्रित भएको ठाँउमा त्यसको दुरूपयोग गरी आफूलाई जोगाउने र अरूलाई दोष दिने संस्कृति अन्त्य गर्नुपर्छ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले काठमाडौंमा गरेको ‘खुला सरकारका लागि सूचनाको हक’ विषयक अन्तरक्रियामा अधिकारीले स्वतन्त्रताको वकालत गर्ने मिडियाहरू शक्ति केन्द्रको छायाँबाट मुक्त हुन नसकेको बताए।
कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय सूचना आयोगका आयुक्त कृष्णहरि बाँस्कोटाले प्रजातन्त्रको विकाससँगै खुला सरकारको अवधारणाको विकास भएको बताए । उनले राज्यका जिम्मेवार निकाय तथा तीनका प्रतिनिधहरूले जनताप्रति जिम्मेवार भई काम गरेमात्र खुला सरकारको अवधारणालाई आत्मसात गरेको मानिने भन्दै राज्यको पुनःसंरचनाका लागि पनि यस अवधारणाको कार्यान्वयन हुन जरूरी रहेको बताए।
कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठानकी अध्यक्ष अमृता लम्सालले खुला सरकारका लागि सूचनाको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।