समाज

आज विश्व क्षयरोग दिवस

चैत ११, २०७३

    काठमाडौ‌ं नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइँदैछ। दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य संस्थाहरुले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन्।
    हाल नेपालमा ३४ हजार क्षयरोगीले मात्र औषधी सेवन गरिरहेको केन्द्रका योजना अनुगमन तथ्याङ्क शाखाका निर्देशक अनिल थापाले जानकारी दिए। ‘यो वर्ष देशभर ३४ हजार मानिसमा क्षयरोग भएको पाइएको छ, जसमा ३६ सय जना बिरामी काठमाडौं उपत्यकामै भएको पाइएको छ’, उनले भने।

    विश्व स्वास्थ्य संगठनले हाल नेपालमा ४३ हजार क्षयरोगका बिरामी भएको अनुमान गरे पनि ३४ हजार मानिसहरुमा मात्र क्षयरोग भएको पुष्टि भएको र ९ हजार क्षयरोगका बिरामी सम्पर्कमा नआएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ।

    माइक्रो ब्याक्ट्रियम ट्युबरक्लोसिस नामक क्षयरोगको किटाणु पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]