पछिल्लो १० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। भएको बताएको छ। १० वर्षमा डुबेर मृत्यु हुने आप्रवासीक...
सिन्ह्वाः चीनले यसवर्ष कोइला प्रयोगमा ३० प्रतिशतले कमी ल्याई वायु प्रदूषण नियन्त्रण प्रयासमा योगदान गर्ने बेइजिङ म्युनिसिपल कमिसनको सहर व्यवस्थापन समितिले जनाएको छ। बेइजिङले यस वर्ष कोइला प्रयोगलाई ७० लाख टनभित्र ल्याउने कमिसनले जनाएको हो।
बेइजिङले कम गुणस्तरको कोइलालाई शुद्ध कोइलाको प्रयोग र हाल प्रयोग हुँदै आएको कोइलालाई विभिन्न उपायद्वारा घटाइने आयोगका उपप्रमुख वेन झोङले बताए। बेइजिङको कोइला प्रयोगलाई नियन्त्रण गर्न साङसी प्रान्तबाट बेइजिङ प्राकृतिक ग्यास ल्याइने गरी निर्माण कार्य जारी रहेको उनले बताए।
ग्यास लाइन निर्माण कार्य आगामी अक्टोबरको अन्त्यसम्म पूरा हुने चाईले बताए। स्थानीय अधिकारीले यस वर्षको सुरुमा दुई अर्ब ६० करोड अमेरिकी डलरको वायु प्रदूषण नियन्त्रण योजनाको घोषणा गरेको सिन्ह्वाले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।