राजनीति

अविश्वास प्रस्ताव र सरकार निर्माणबारे छलफल गर्न कांग्रेस बैठक आज

साउन ४, २०७३

    काठमाडौं: समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मङ्गलबार बस्ने भएको छ। 

    प्रधानमन्त्री केपी शर्मा ओली स्वभाविक रुपमा अल्पमतमा परेकाले संविधान कार्यान्वयनको नेतृत्व संसद्को ठूलो दलका नाताले कांग्रेसले गर्ने विषयमा बैठकमा छलफल हुने पार्टीले जनाएको छ। 

    कांग्रेसले नेकपा (माओवादी केन्द्र)सँग भएको सहमतिअनुसार अविश्वासको प्रस्ताव पारित गराउने विषयमा बैठकमा छलफल हुने केन्द्रीय सदस्य विमलेन्द्र निधिले राससलाई जानकारी दिए। 

    “प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार अर्को प्रधानमन्त्री बनाउन सकिँदैन भनी दिनु भएको धारणाका बारेमा छलफल गरी अविश्वास प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्री बनाउने वातावरणका विषयमा पनि छलफल हुनेछ”, उनले भने। 

    संविधान कार्यान्वयनका लागि मधेसी, जनजातिलगायतका समस्या समाधान गरी आर्थिक उन्नतिमा मुलुकलाई अघि बढाउने विषयमा बैठक केन्द्रित हुने कांग्रेसले जनाएको छ। बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भ्रातृ संस्थाको महाधिवेशनका सन्दर्भमा पनि छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

    “नेपाल विद्यार्थी सङ्घ, नेपाल महिला सङ्घको विधान संशोधन र नेपाल तरुण दल, नेपाल किसान सङ्घ, नेपाल सांस्कृतिक सङ्घलगायत भ्रातृ संस्थाको महाधिवेशनका विषयमा पनि बैठकमा छलफल हुनेछ”, उनले भने। 

    पछिल्लो समयमा बढेको महँगी, कालोबजारीलगायतका समस्या समाधान गर्ने उपायका विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]