विश्व

भड्किलाे जीवनशैली अपनाउने नेतामाथि चीनमा कारबाही शुरू

उपहार लिनेमाथि पनि डण्डा !

बैशाख २६, २०७८

    भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ।

    यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

    प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्किलाे र सुखभोगसँग सम्बन्धित रहेका छन्। आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महँगा सामान, नगद उपहार वा बक्सिस लिएको उल्लेख छ। 

    प्रकाशित मुद्दाहरूमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लङ्घनसँग सम्बन्धित छन्। स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड–अटम्न डे र राष्ट्रिय दिवस समेतका प्रमुख चिनियाँ पर्वहरूमा पार्टीका नेताहरूबाट अनुशासन उल्लङ्घन भएको पाइएको छ। 

    आयोगले भ्रष्ट अधिकारीहरूमाथि दण्ड सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको जनाएको छ। चीनमा पार्टीका नेताहरू नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]