काठमाडौँ : नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उप...
धनकुटा : जिल्ला प्रशासन कार्यालयले धनकुटा अस्पतालको आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा एक कार्यक्रम गरी भ्याटबाहेक ७६ हजार ९ सय रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
प्रशासन कार्यालयले अक्सिजन फ्लोमिटर ५ थान, अक्सिजन मास्क २५ थान, एन ९५ मास्क एक सय थान, सर्जिकल ग्लोभ्स एक हजार थान, हेण्ड सेनिटाइजर ५ लिटर १० जारजन र सर्जिकल मास्क एक हजार थान अस्पतालको आइसोलेसन केन्द्रलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेब दाहालले जानकारी दिए।
कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र आइसुलेसन केन्द्रमा रहेका कोरोना संक्रमितलाई उपचार गर्न सहयोग पुर्याउने उदेश्यले सामग्री हस्तान्तरण गरिएको दाहालले बताए। स्वास्थ्य सामग्री पाएपछि धनकुटा अस्पतालका स्वास्थ्यकर्मी र आइसुलेसन केन्द्रमा निकै सहज हुने धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन पुजन विश्वकर्माले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।