स्वास्थ्य

बोलन्या थलीले डडेल्धुरा अस्पताललाई दियो ४० थान अक्सिजन सिलिण्डर

बैशाख २६, २०७८

    डडेल्धुरा : बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। आइतबार थलीले नेपालगञ्जबाट ल्याएर अस्पतालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।

    डडेल्धुरा पुगेका सबै सिलिण्डर बोलन्या थली डडेल्धुरा युनिट प्रमुख दीपकराज भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन्।

    हेल्पिङ्ग ह्यान्ड अमेरीकाको सहयोगमा ४० थान भरिएका सिलिण्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए। उक्त सिलिण्डरको व्यवस्थापनमा अभियानकर्ता हेमराज थापा, यम खड्का र बाँकेका प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको संयोजक जोशीले बताए।

    डडेल्धुरा अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रिमित बिरामीको उपचारमा समस्या भएको छ। डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका बिरामी पनि डडेल्धुरा अस्पतालमा आउने भएकोले उपचारमा समस्या भएको डडेल्धुरा अस्पतालले जनाएको छ।

    एक जना बिरामीका लागि एक जना नर्स हुनपर्ने हुन्छ। तर, डडेल्धुरा अस्पतालको आइसीयूमा पाँच जना मात्रै नर्स रहेका छन्। २४ सै घण्टा सेवा दिँदा एक दिन बिदा दिनुपर्ने प्रावधान भएपनि अहिले नर्स मात्रै नभई चिकित्सकले समेत आराम गर्ने समय नपाएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।

    उनकाअनुसार डडेल्धुरा अस्पतालमा हालसम्म ४७ जनाले उपचार लिएका छन् भने कारोनाका १८ जना बिरामी निको भएर घर फर्किसकेका छन्। डडेल्धुरा अस्पतालको अक्सिजन प्लान्टबाट दैनिक २७ सिलिन्डर भर्ने क्षमता छ। यसले ११ जनालाई अक्सिजनमा राखेर उपचार गर्न सक्छ।

    तर, अहिले ११ जनाभन्दा बढीलाई अक्सिजन दिइरहेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए। अक्सिजन अभाव भइरहेको समयमा बोलन्या थलीले अस्पताललाई थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकोमा उनले धन्यवाद दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]