काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटव...
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेता माधव कुमार नेपाल समूहले भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिएको छ।
आइतबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष ओलीलाई सच्चिन भोलि ९ बजेसम्मको अल्टिमेटम दिएको नेता योगेश भट्टराईले बताए।
ओलीले २०७५ फागुन २ गतेको अवस्थामा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धता नजनाए भोलि कठोर निर्णय लिन बाध्यता हुने उनले बताए।
‘यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत् अवस्थामा फर्कनुपर्छ भन्ने हो। हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौ’ भट्टराईले भने,‘सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छौ त्यसका लागि भोलि विहान ९ बजेसम्मको समय दिएका छौ।’
उनले ओलीले विहान ९ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।