राजनीति

अध्यक्ष ओलीको दम्भका कारण पार्टी एकता असफल : झपट रावल

बैशाख २७, २०७८

    काठमाडौं : नेकपा एमाले माधव नेपाल समूहका सांसद झपट रावलले प्रधानमन्त्री ओलीको दम्भका कारण एमालेको एकता संभावना सकिएको आरोप लगाएका छन्।

    माधव नेपाल समूहको अल्टिमेटम सकिएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै रावलले प्रधानमन्त्री ओलीलाई लक्षित गर्ने लेखेका छन्, ‘व्यक्तिको दम्भका कारण पार्टी एकताका सबै प्रयास असफल।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिँदै छन्। त्यसको पूर्वसन्ध्यामा वरिष्ठ नेता माधव कुमार  नेपालले प्रधानमन्त्री ओलीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै एकताका लागि विहान ९ बजेसम्मको अल्टिमेटम दिएका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि कुनै प्रयास नगरेको यो समूहको आरोप छ। र, प्रधानमन्त्री ओली नै यसको दोषी भएको उनीहरुको आरोप छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]