स्वास्थ्य

गण्डकी प्रदेशमा थप दुई संक्रमित पुरुषको मृत्यु

बैशाख २७, २०७८

    काठमाडौं : गण्डकी प्रदेशमा थप कोरोना संक्रमणबाट दुई जना पुरुषको मृत्यु भएको छ।  

    म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुष र पर्वत जिल्लाको कुश्मा गाउँपालिका-४ का ६७ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए।

    डा.विनोद विन्दु शर्माका अनुसार ७२ वर्षीय पुरुषको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा २६ गते दिउँसो ३ बजे मृत्यु भएको थियो। त्यस्तै,६७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पोखरामा उपचारको क्रममा सोमबार बिहान करिब ७ बजे मृत्यु भएको  हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]