खेलकुद

आइपीएलका बाँकी खेल खेलाउन चार राष्ट्र इच्छुक

बैशाख २७, २०७८

    कोरोना महामारीका कारण बीचमै स्थगन गरिएको इन्डियन प्रिमियर लिगको दोस्रो भाग आयोजनाका लागि एकपछि अर्को राष्ट्रले दाबी पेश गर्न थालेका छन्।

    इंग्ल्याण्ड र यूएईपछि अस्ट्रेलिया तथा श्रीलंकाले पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आइपीएल-२०२१ का बाँकी खेल आयोजना गर्न अफर गरेका छन्। आइपीएलको १४ औं सिजन २९ खेलपछि कोरोनाका कारण स्थगित गरिएको थियो।

    अब बाँकी बचेका ३१ खेलका लागि बीसीसीआईले २० दिने सिजनको खोजी गरिरहेको छ। यसअघि दक्षिण अफ्रिका तथा यूएईले आइपीएल होस्ट गरिसकेका छन्। गत संस्करणको आइपीएल यूएईमा आयोजना गरिएको थियो। रिपोर्ट अनुसार बीसीसीआईले यूएईलाई ९८.५ करोड भारतीय रुपैयाँ दिएको थियो।

    कोरोना महामारी र टाइट सेड्युलका कारण बाँकी खेल सेप्टेम्बर(अक्टोबरमा हुने संभावना रहेको छ। भारतमा कोरोना निरन्तर बढीरहेका कारण पुन: भारतमै प्रतियोगिता हुने संभावना कमजोर रहेको छ। यस्तोमा आइपीएलको बाँकी खेलका लागि विभिन्न देशले अफर गरिरहेका छन्।

    तर, प्राथमिकताका आधारमा बीसीसीआईका लागि सुरक्षीत स्थान यूएई नै हुनसक्ने देखिन्छ। धेरै खेलाडीका लागि न्युट्रल भेन्यु पनि हुने भएकाले पहिलो रोजाई फेरिपनि यूएई हुनसक्छ।

    गत संस्करणमा सफल्ता पुर्वक यूएईले प्रतियोगिता आयोजना गरेकाले पनि यूएईनै पहिलो रोजाई बन्नसक्ने संभावना रहेको छ। त्यस्तै बीसीसीआईका लागि इङ्‌ग्ल्याण्ड दोस्रो प्राथमिकतामा पर्नसक्छ। भारतीय टीम मे महिनादेखि मध्य सेप्टेम्बरसम्म इङ्ग्ल्यान्डमै रहने भएकाले सेप्टेम्बर अन्त तिरको २० दिनको स्लटमा आइपीएल आयोजना हुन सक्नेछ। 

    बीसीसीआईका लागि अस्ट्रेलिया तेस्रो रोजाई बन्न सक्छ। किनकी चर्चित बिगबास आयोजनाको अनुभव भएको अस्ट्रेलियामा उसका लागि धेरै मिहिनेत गर्नु नपर्ने भएकाले पनि बीसीसीआईको रोजाईमा अस्ट्रेलिया पनि पर्न सक्नेछ। तर, इङ्‌ग्ल्याण्ड पुगेको भारतीय टीमका लागि अस्ट्रेलिया आगमन मुस्किल पर्नसक्छ। त्यसैले पनि अस्ट्रेलियाको संभावना कम छ। 

    त्यस्तै, अर्को प्रस्तावक राष्ट्र श्रीलंका झनै कम प्राथमिकतामा पर्न सक्छ। श्रीलंकाले जुलाईदेखि अगस्टसम्म लंका प्रिमियर लिग गर्ने भएकाले यही प्रतियोगिताको तयारीले आइपीएलपनि आयोजना गर्न सकिने उसको विश्वास छ।

    किन खेल खेलाउन चाहन्छन् अन्य देश

    भारत बाहेक अन्य देश किन आइपीएल आयोजना गर्न उत्साही छन् त? यसको मुख्य कारण हो - राजस्व, पर्यटन तथा अन्य स्रोतबाट हुने फाइदा।

    विश्वको सर्वाधिक ठुलो क्रिकेट लिगका रुपमा आइपीएल रहँदा यसको राजस्व अन्य खेलको तुलनामा निकै अधिक हुनेगर्छ। ​सर्वाधिक धेरै पैसा कमाउने प्रतियोगिता भएकाले बीसीसीआई कुनैपनि मूल्यमा यो प्रतियोगिता गराउन चाहन्छ।

    ​गत संस्कणमा यूएईले १०० करोड रुपैयाँ फाइदा गरेको थियो। जबकि; अन्य धेरै देशले कोरोनाका कारण लाखौं गुमाउन पुगेका थिए। विदेशमा आयोजनाका बाबजुत अर्बौं रकम कमाएको थियो। यूएईले पनि लाखौं रुपैयाँ कमाउन सफल भएको थियो।

    दर्शकको उपस्थिती गराउनसके आयोजक राष्ट्रका लागि थप फाइदा हुनेछ। साथै, कमर्सियल तथा अफिसियल पार्टनर र अन्य धेरै स्पोन्सरहरू पाइने भएकाले पनि धेरै देश आफ्नो घरमा आइपीएल गराएर कोरोना महामारीमा थोरै भएपनि फाइदा लिन चाहन्छन्‌।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]