खेलकुद

एनएसएल : काठमाडाैंलाई हराउँदै धनगढी फाइनलमा

बैशाख २८, २०७८

    काठमाडाैं : धनगढी एफसी नेपाल सुपर लिगको फाइनल प्रवेश गरेको छ। प्ले अफअन्तर्गत पहिलो खेलमा काठमाडौं रेजर्सलाई धनगढीले पराजित गरेको हो। 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा धनगढीले काठमाडौंलाई २–१ ले हरायो। निर्धारित समय १–१ को बराबरी भएपछि ३० मिनेट थप गरिएको थियो। अतिरिक्त समयमा धनगढीका लागि विशाल राईले उत्कृष्ट गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए।

    विशालको गोल नै धनगढीका लागि फाइनल प्रवेशका लागि पर्याप्त भयो। यसअघि लिग चरणमा समेत धनगढीले काठमाडौंलाई ३–० को सहज जित हात पारेको थियो।

    पहिलो प्ले अफमा हार बेहोरेको काठमाडौं रेजर्सले पुनः एक अवसर पाउनेछ। दोस्रो प्ले अफको विजेतासँग काठमाडौंले पुनः प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]