राजनीति

पुन: मुख्यमन्त्री नियुक्त गुरुङले लिए सपथ

बैशाख २९, २०७८

    काठमाडौं : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्। 

    प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई सपथ गराएकी हुन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई बहुमतको सरकार गठनको लागि बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन्।

    यो अवधिमा विपक्षीले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताका हैसियतले गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]