काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भेट गरेका छन्। आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भएको स...
काठमाडाैं : जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली फेरि पनि चतुर भएका बताएका छन्।
आज साँझ एक ट्विट गर्दै भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको लेखेका छ्न्।
सिद्धान्तहीनता, खुराफात,किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका उनको लेखाइ छ। अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने पनि उनले लेखका छन्। साथै उनले यसप्रति आत्मसमीक्षा पनि गर्नुपर्ने उल्लेख गरेका छन्।
संसदबाट प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहितको सरकार बनाउन दलहरूलाई तीन दिने समय दिएकी थिइन्। तर जसपाभित्रको किचलो र एमालेकै माधव नेपाल समूहले राजीनामा दिएर प्रतिपक्षलाई सहयोग गर्दा नयाँ सरकार बन्न सकेन।
आजै प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीच भएको भेटवार्तापछि प्रधानमन्त्री ओली नै सरकारमा रहने भएका छन्। यसैलाई पूर्वप्रधानमन्त्री भट्टराईले विडम्बनापूर्ण भएको टिप्पणी गरेका हुन्।
जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्।अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) May 13, 2021
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।