समाज

मकवानपुरमा आज रातिदेखि जिल्लाभर निषेधाज्ञा, बैंक दुई दिन मात्र खुल्ने

बैशाख ३१, २०७८

    मकवानपुर : कोरोना रोकथामका लागि मकवानपुरमा आज रातिदेखि जिल्लाभरि निषेधाज्ञा लागु हुँदैछ। यसअघि हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा मात्र निषेधाज्ञा लागु गरिएको थियो।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको हो। जेठ १ गतेदेखि जेठ १३ गतेसम्म जिल्लाभर निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

    निषेधाज्ञाको अवधिमा मर्निङ तथा इभिनिङ वाक गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान ८ बजेसम्म खुला गर्न पाइने, बैंकहरु साताको दुई दिन मंगलबार र शुक्रबारमात्रै खोल्ने, सहकारी लगायत वित्तीय संस्था पूर्णरुपमा बन्द गरिने प्रजिअ पाण्डेले जानकारी दिए।

    कोरोना संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहेकाले हेटौंडा उपमहानगरपालिकाको सबै वडामा अटो एम्बुलेन्स सञ्चालन गरिएको छ। कोभिड संक्रमित बिरामीलाई ओसारपसार गर्न १९ वटै वडामा अटोलाई एम्बुलेन्सको रुपमा सन्चालनमा ल्याइएको हो। हेटौंडा उपमहानगरकाका सबै वडामा दुई–दुई वटा गरी ३८ वटा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याइएको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]