काठमाडौँ : विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ...
काठमाडौं : प्रहरी प्रधान कार्यालयले व्यक्तिगत प्रयोजनका लागि कुनै पनि अक्सिजन सिलिन्डर प्रहरीले नलगेको दाबी गरेकाे छ। प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गरी विभिन्न सामाजिक सञ्जालमा लगाइएको आरोपको खण्डन गर्दै यस्ताे दाबी गरेकाे हाे।
‘नेपाल प्रहरी विरुद्धका केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्य हित सूचना सामाजिक संजालमा अनर्गल प्रचारप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यान आकृष्ट भएको छ,’विज्ञप्तिमा भनिएको छ,‘प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिन्डरहरू लैजाने गरेको भन्ने कपोलकल्पित आरोपमा कुनै सत्यता नभएको प्रष्ट पार्छौ।’
महामारी विरुद्धको यो अभियानमा प्रहरी फेरी पनि स्वास्थ्य क्षेत्रलाई पुर्याउनुपर्ने हर सहयोगको लागि प्रतिबद्ध रहने विज्ञप्तिमा उल्लेख छ। प्रहरीले अक्सिजनकाे कमी हुन नदिन विभिन्न प्रयोजनमा प्रयोग भएको ७ हजार भन्दा बढि अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई देशभरका विभिन्न अस्पतालमा वितरण गरेको विज्ञप्तिमार्फत जानकारी दिएकाे छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।