स्थानीय निर्वाचन-२०७९

मकवानपुरमा थप १०९ जनामा कोरोना, मृत्यु हुने ५१ पुगे

बैशाख ३१, २०७८

    मकवानपुर : बितेको २४ घण्टामा मकवानपुरमा थप १०९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंका अनुसार १४३ जनाको स्वाब परीक्षण गरिएकोमा ६ जना बालबालिका, दुई जना ज्येष्ठ नागरिकसहित १०९ जनालाई कोरोना भएको हो ।

    निरीक्षक चौलागाईंका अनुसार १३२ जनाको पिसिआरबाट परीक्षण गर्दा १०६ जना र ११ जनाको एन्टिजेनबाट परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का २३ जना छन्।

    बकैयाका २ जना, मकवानपुरगढीका ३ जना, कैलाशका १ जना र मकवानपुर जिल्ला बाहिरका २ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै, मकवानपुरमा अहिलेसम्म कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]