स्वास्थ्य

नारायणी अस्पताललाई ३ थान भेन्टिलेटर सहयोग

जेठ २, २०७८

    काठमाडौं : सानो पाइलाले वीरगञ्जस्थित नारायणी अस्पताललाई थप तीन थान हाइफ्लो नेजल क्यानुलानन इन्भेसिभ भेन्टिलेटरसहितका सामग्री प्रदान गरेको छ। 

    सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पताललाई अवस्था सामान्य नहुँदासम्मका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको जनाएको छ।

    नारायणी अस्पताललाई हस्तान्तरण गरिएका भेन्टिलेटरहरुमा जडान हुने एल्बो किट, न्याजलक्यानुला, वाटर चैम्बर र प्याटेन्ट सर्किटलगायतका चार सेट मेडिकल उपकरण एनपिएल समाज कल्याण संस्था वीरगञ्जसँगको समन्वयमा प्राप्त भएको जनाइएको छ।

    साथै राष्ट्रिय आविष्कार केन्द्रबाट प्राप्त भएका अक्सिजन स्पिल्टिर पाँच सेट पनि नारायणी अस्पताललाई हस्तान्तरण गरिएको सो सस्थाले जनाएको छ। यस्ता उपकरणको सहायताले एउटै अक्सिजन सिलिन्डरबाट दुई जना बिरामीलाई अक्सिजन सर्पोट दिन सकिन्छ। 

    आइतबार एक कार्यक्रमकाबीच सानो पाइलाका दिपेश सर्राफले भेन्टिलेटरसहितका सम्पुर्ण मेडिकल उपकरणहरु नारायणी अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. एनामुल हकलाई हस्तान्तरण गरेका छन्।

    स्वासप्रश्वासको समस्या भएका बिरामीहरुलाई यस प्रकारको भेन्टिलेटरले उच्च गतिमा अक्सिजन प्रदान गर्न टेवापुर्याउने जनाइएको छ।

    यससँगै नारायणी अस्पतालमा भेन्टिलेटरहरुको संख्या २१ पुगेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी गराए। यसअघि वैशाख १४ गते सानो पाइलाले नारायणी अस्पताललाई ६ थान भेन्टिलेटर उपलब्ध गराएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]