राजनीति

‘संघीय सरकारले महामारी नियन्त्रण गर्न सुदूरपश्चिममा कुनै टोली पठाएको छैन'

जेठ ३, २०७८

    धनगढी : सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले कोरोना नियन्त्रण गर्न संघीय सरकारले कुनै पनि टोली नपठाएको बताएका छन्। साथै उनले प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथामका गरेको काम सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्। 

    उद्योग वाणिज्य संघ कैलालीले कोभिड–१९ संक्रमण रोकथामका लागि भएका प्रयासबारे आयोजित कार्यक्रममा मन्त्री शाहले महामारी नियन्त्रणमा प्रदेश सरकार खटिएको बताउँदै सरकारले काम नगरेको भन्नु भ्रम भएको बताएका हुन्।

    मन्त्री शाहले संघीय सरकारले संक्रमण रोकथामका लागि प्रदेश सरकारलाई नसघाएको आरोप लगाएका छन्। संघीय सरकारले महामारीमा पनि प्रतिशोधको भावना दर्शाएको बताए। भने, ‘महामारी नियन्त्रणका लागि सुदूरपश्चिममा कुनै टोली संघीय सरकारले पठाएको छैन।’ टोली फिर्ताबारे प्रधानमन्त्रीलाई गलत सूचना पुगेको उनको भनाइ छ। 

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रणका लागि सुदूरपश्चिम पठाएको टोलीलाई प्रदेश सरकारले फिर्ता पठाएको अभिव्यक्ति दिएका थिए।

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पनि प्रदेश सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि सबैभन्दा बढी काम  गरेको बताएका छन्। मन्त्री सुवेदीले काम नगरेको भन्दै जनतामा भ्रम फैलाइएको आरोप लगाउदै महामारी नियन्त्रणमा सबैभन्दा बढी काम नै प्रदेश सरकारले गरेको दाबी गरेका हुन्।

    ‘प्रदेश सरकार सुतेको छैन्,’ उनले भने, ‘यस्ता भ्रामक सूचनालाई सत्य नमानौं। प्रदेश सरकार सुत्यो भने यहाँ त सबै त्यसै सुत्नेबाला छन्। महामारी नियन्त्रणमा सबैभन्दा बढी काम नै प्रदेश सरकारले गरेको छ।’

    उनले भने, ‘हामी जनताको सरकार, जनताप्रति उत्तरदायी, जनताबीच बाचा गरेर आएको सरकार। सुत्ने कुरै हुँदैन।’ तर सुदूरपश्चिममा संक्रमितको उपचारका लागि शय्या र अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले कुनै काम नगरेको र सरकार सुतेको आरोप लाग्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]