काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि स्वास्थ्य सेवातर्फ नयाँ कार्यक्रम नआउने लगभग निश्चित भएको छ। चालु आर्थिक वर्ष भन्दा...
काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप तीन हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३ सय ४६ भक्तपुरमा २ सय ९८ र ललितपुर जिल्लामा ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा २८ हजार पाँच सय २७ जना सक्रिय संक्रमित छन् भने,अहिलेसम्म ११ सय ८९ जना संक्रमितको मृत्यु भइसकेको छ।
त्यस्तै,भक्तपुरमा अहिले पाँच हजार ७६ जना सक्रिय संक्रमित संख्या छ भने,दुई सय ३५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। ललितपुरमा सक्रिय संक्रमितको संख्या ७ हजार एक सय ७१ छ।
हालसम्म तीन सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।