स्वास्थ्य

सुषमा काेइराला मेमोरियलमा कोभिडका बिरामीलाई ५० प्रतिशत छुट

जेठ ४, २०७८

    काठमाडौं : साँखुस्थित सुषमा काेइराला मेमोरियल अस्पतालले काेभिडका बिरामीलाई ५० प्रतिशत छुट दिइने भएको छ। शंखरापुर नगरपालिकाले यसका लागि अस्पतालसँग सम्झौता गरेको छ। 

    नगरपालिकाका प्रवक्ता हितमान तामाङले २५ प्रतिशत नगरपालिकाले व्यहोर्ने र २५ प्रतिशत अस्पतालले व्यहोर्ने गरी सम्झौता भएको बताए। ‘नगरपालिका र अस्पतालले २५–२५ गरी ५० प्रतिशत खर्च व्यहोर्ने छ भने, बिरामीले ५० प्रतिशत मात्रै व्यहोर्नुपर्ने गरी सम्झौता भएको छ,’उनले भने।

    उनले उपचाररत बिरामीलाई अक्सिजन अभाव हुन नदिन नगरपालिकाले सक्दाे अक्सिजनको व्यवस्था गरिरहेको जानकारी दिए। भने,‘अक्सिजन प्लान्ट सञ्चालन गर्न सक्दैनौ, तै पनि अरु ठाउँबाट हामी अक्सिजन व्यवस्था गरिरहेका छौ।’ 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]