राजनीति

'रामबहादुर थापालाई माधव नेपालज्युले मतदान गर्ने विश्वास दिलाउनुभयो'

जेठ ४, २०७८

    काठमाडाैं : नेकपा एमाले को विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा माधव नेपाल पक्षले कसलाई भोट हाल्ने भन्ने विषयमा छलफल नभएको कार्यदल सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन्। 

    बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यका लागि जेठ ६ गते उपनिर्वाचन हुँदै छ।

    सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भने, 'उहाँले (माधव नेपाल) पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापालाई सबैले मतदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो। पार्टीको एक मात्र आधिकारिक उम्मेदवार हुनुहुन्छ, रामबहादुर थापा। एमालेको तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिले उहाँको पक्षमा मत हाल्नुहुन्छ। हामी विश्वस्त छौँ।’ 

    माधव समूहले पार्टीलाई माओवादी केन्द्रसँगको एकतापूर्वको अवस्थाबाट सञ्चालन गर्नुपर्ने माग गर्दै आएकोमा वैशाख ३१ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध गरी लैजाने सहमति गरेअनुरुप जेठ २ गते दश सदस्यीय कार्यदल बनाएका थिए।

    कार्यदल सदस्यहरूमा केपी शर्मा ओलीको तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन् भने माधव नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त छन्।

    मंगलबारको बैठकमा कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल काम विशेषका कारण अनुपस्थित भएका रावलले जानकारी दिए। कार्यदलको बैठक बुधबार (भोलि) पनि बस्ने भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]