स्थानीय निर्वाचन-२०७९

कोरोनाबाट झापामा थप पाँचजनाको मृत्यु

जेठ ५, २०७८

    झापा : भद्रपुर नगरपालिकाका तीनसहित झापामा थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र चार पुरुष रहेका छन्।

    सदरमुकाम भद्रपुरमा तीनजनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए। भद्रपुर-१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख ३१ मा कोरोना संक्रमण पुष्टि भएका ती पुरुषालाई उपचारका लागि मेची अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। उपचाररत वृद्धको उपचार केन्द्रमै मृत्यु भएको हो।

    त्यस्तै‚ भद्रपुर-२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको छ। जेठ १ गते कोरोना पुष्टि भएको उनको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको फोकल पर्सन भट्टराईले जानकारी दिए। भद्रपुर-६ का ५८ वर्षीय पुरुषको पनि मेची कोभिड उपचार केन्द्रमा बुधबार बिहान मृत्यु भएको छ। वैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष केही दिन होम आइसोलेसनमा बसेका थिए। उनी श्वासप्रश्वासमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए। उनीहरूको शव व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ । भद्रपुरमा नयाँ भेरियन्टको संक्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ।

    त्यसैगरी कोरोना संक्रमणबाट दमकका पूर्वजनप्रतिनिधिको मृत्यु भएको छ। दमक नगरपालिका-५ का पूर्ववडाध्यक्ष मोती इङनामको मृत्यु भएको वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए। उनको विराटनगरको नोबेल अस्पतालमा बुधबार बिहान २ बजे निधन भएको गुरुङले पुष्टि गरे। संक्रमणपछि उनी बिर्तामोडको बिर्ता सिटी अस्पतालमा झन्डै १५ दिनदेखि उपचाररत थिए। तर‚ स्वास्थ्यमा असहजता देखिएपछि उनलाई नोबेल अस्पताल लगिएको गुरुङले जानकारी दिए।

    त्यस्तै‚ अर्जुनधारा नगरपालिका-९ की एक महिलाको पनि ५५ वर्षीया महिलाको धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड हस्पिटलमा मंगलबार राति मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]