राजनीति

ओलीको चेतावनी : बादललाई जिताऔँ, ह्वीप नमाने क्षम्य हुँदैन

जेठ ५, २०७८

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई जिताउन आग्रह गरेका छन्।

    प्रधानमन्त्री ओलीले बुधबार एक अपिल जारी गर्दै थापा नेपालको कम्युनिष्ट आन्दोलनका बरिष्ठ नेता भएको र उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने भन्दै विजयी बनाउन आग्रह गरेका हुन् । यस विषयमा ह्वीप नै जारी भइसकेकाले कसैले पालना नगरे क्षम्य नहुने चेतावनी समेत ओलीले दिएका छन्।

    'पार्टीको अधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो', ओलीले अपीलमा चेतावनी दिएका छन्, 'यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन्।’

    अहिले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकतावद्ध बनाउन कार्यदल बनेर काम समेत सुरु भइसकेको भन्दै ओलीले एकतालाई सुदृढ गर्न योगदान गर्नु सबैको कर्तव्य हुने बताएका छन्।

    बादलको प्रतिस्पर्धीका रुपमा पार्टीका वरिष्ठ नेता माधव नेपाल निकट डाक्टर खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट साझा उम्मेदवार छन्। यसमा ह्वीप उल्लंघन हुनसक्ने देखेपछि ओलीले अपिल जारी गरेका हुन्। 

    बागमती प्रदेशतर्फ रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा प्रदेशभरका जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख र उप-प्रमुखले मतदान गर्न पाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]