स्वास्थ्य

सरकारले ल्यायाे ९ सय ५५ खाली सिलिन्डर, अझै २५ हजार ल्याउने तयारी

जेठ ५, २०७८

    काठमाडौं : सरकारले विभिन्न देशबाट हालसम्म ९ सय ५५ खाली सिलिन्डर ल्याएको छ।

    अक्सिजन सिलिन्डर अभाव भएपछि चीन, बहराइनलगायत देशबाट सिलिन्डर ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए।

    उनले भने, ‘यसमा विदेशमा कार्यरत नेपालीले पनि दिएका छन्, हामीले यी सिलिन्डर आवश्यक परेका ठाउँहरुमा बाँडेका छौं।’

    उनका अनुसार यी सिलिन्डर प्रदेशअनुसार ७५ देखि दुई सय वटासम्म वितरण गरिएको छ। ‘जहाँ बढी सिलिन्डर आवश्यक छ, ती ठाउँका अस्पतालमा बढी सिलिन्डर दिएका छौं,’अधिकारीले भने।

    मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हाल मन्त्रालयसँग ६० हजार अक्सिजन सिलिन्डर छन्। ती अक्सिजन सिलिन्डर पनि देशभरका आवश्यक परेका अस्पतालमा उपलब्ध गराइएकाे छ।

    अहिले भइरहेको अक्सिजन अभावलाई समाधान गर्न सरकारले पहल गरिरहेकाे उनले बताए। उनले अक्सिजन अभावलाई पूर्ति गर्न अझै पनि बाहिरबाट २५ हजार अक्सिजन सिलिन्डर ल्याउने तयारीमा रहेको जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]