समाज : सुरक्षा/अपराध

महोत्तरीमा अवैध लागुऔषध सहित ६ जना पक्राउ

जेठ ७, २०७८

    जनकपुरधाम : महोत्तरीको बर्दिबास र औरहीबाट ठूलो मात्रामा लागु औषधसहित ६ जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा महोत्तरीको बर्दिबास नगरपालिका-१४ बस्ने २८ वर्षीय इन्द्रजित साह सोनार, सिन्धुलीको कमलामाई नगरपालिका-६ बस्ने २४ वर्षीय रोशन थापा र गोलन्जोर गाउँपालिका ५ बस्ने २५ वर्षीय ५ रोहित थापा, महोत्तरी गौशाला नगरपालिका-४ बस्ने २२ वर्षीय रबिन साह, बर्दिबास-१२ बस्ने ३४ वर्षीय रंजन आले र एक १५ वर्षीय किशोर छन्।

    पक्राउ पर्नेहरूका साथबाट लागुऔषध तस्करीमा प्रयोग गरिएका तीन थान मोटरसाइकल र प्रतिबन्धित ९४ बोतल (codeine phosphate and chlorpheniramine maleate syrup Exiplon) लागुऔषधको झोला तथा एक सय ९ वटा ट्याबलेट (spasmo proxyvon plus, Nitravet-10 Spasmoproxyvon plus) प्रहरीले बरामद गरेको छ।

    महोत्तरीमा कोरोना महामारी नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको हुँदा प्राय मानिस घरभित्र बसेको सडक सुनसान भएको मौका छोपेर तस्करहरू लागुऔषधको तस्करीमा सक्रिय भएको फेला परेको छ।

    उनीहरूलाई महोत्तरीको दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको डिएसपी प्रकाश विष्टले जनाए।

    माइस्थान–गौशाला–सम्सी सडक खण्ड अन्तर्गत औरही–४ स्थित कठुधार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच क्रममा दुई जनालाई लागुऔषध सहित रंगेहात पक्राउ गरेको हो। 

    ज१०प ४९४२ नम्बरको मोटरसाइकलमा उनीहरूले भारतबाट ल्याउँदै गरेको ६९ बोतल झोलिलो लागुऔषध र विभिन्न थरीका ६९ वटा ट्याबलेट बरामद गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर विष्णु प्रदीप बस्यालले बताए।

    कहाँबाट र किन लागुऔषध ल्याएको भन्दै प्रहरीले अनुसन्धान गर्दा लागुऔषध मगाएका बर्दिबास–१२ का ३४ वर्षीय रंजन आले प्रहरी फन्दामा परे। उनलाई गौशाला–३ इटाटारबाट ज१२प३००१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    त्यसैगरी बिपी राजमार्गअन्तर्गत बर्दिबास–सिन्धुली सडक खण्ड स्थित बर्दिवास ३ पाटुबाट तीन जना लागुऔषधका कोरोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। त्यहाँबाट पक्राउ पर्नेमा इन्द्रजित साह सोनार, रोशन थापा र रोहित थापा छन्।

    लागुऔषधको कारोबार भइरहेका विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २५ बोतल लागुऔषधको झोलिलो पदार्थ र ४०  ट्याबलेट सहित पक्राउ गरेको हो।

    बोरामा लागुऔषध लिएर बा ८२ प ५११८ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]