काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधिका बेला मध्यावधि चुनाव गराउने रंगिन सपना महंगो पर्ने उल्लेख गरेका छन्।
शुक्रबार मध्यराति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेपछि साविक प्रतिपक्षी दलका प्रवक्ताले यस्तो प्रतिक्रिया दिएका हुन्।
बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी! महाव्याधिका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ, संविधानको सामुहिक बलात्कारको दुष्परिणाम महंगो पर्नेछ,' शर्माले ट्वीटरमा लेखेका छन्, 'महामारीमा मृत्युसँग जुधिरहेका जनतालाई निर्मम उपहार मध्यावधि! इतिहासको भिन्न कोतपर्वपछि प्रधानमन्त्री अधिनायकवादको हाइवेको भ्रममा ! तर हेक्का रहोस्, जनता पछि होइन अघि हुनेछन्, हामी अघि हुनेछौं, जीत जनताको हुनेछ,लोकतन्त्रको हुनेछ र संविधानलाई पुनर्जीवन दिइनेछ।'
`अहंकारको वृक्षमा विनाशको फल लाग्छ´,
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 21, 2021
सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो !
बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बलात्कारको दुश्परिणाम महंगो पर्नेछ l
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।