राजनीति

बादललाई मत नदिने एमालेका १४ सांसदले बुझाए स्पष्टीकरण

जेठ ९, २०७८

    हेटौंडा : बागमती प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई मत तदिने १४ सांसदले स्पष्टीकरण बुझाएका छन्।

    पार्टीका आधिकारीक उम्मेदवारलाई मत नदिने अष्टलक्ष्मी शाक्यसहितका १४ सांसदलाई बागमती प्रदेश संसदीय बोर्डले शनिबार लिखित स्पष्टीकरण सोधेको थियो।

    शनिबार बसेको बोर्ड बैठकले पार्टीको निर्णय विपरित काम गर्ने सांसदलाई स्पष्टीकरण सोधेको थियो। बोर्डले दिएको आइताबार साँझ ५ बजेसम्मको समयमा सबैले लिखित स्पष्टीकरण बुझाएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।

    निरौलाले प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र स्पष्टीकरण चित्तबुझ्दो नभए पार्टी विधानअनुसार कारबाही गरिने बताए। बोर्डले शाक्यसहित राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सिग्देल, बसुन्धरा हुमागाँई , लक्ष्मण लम्साल, ईन्द्रमाया गुरुङ , कृष्ण प्रसाद खनाल, बसन्त प्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो।

    गत बिहीबार भएको उपनिर्वाचनमा नेकपा एमालेको माधव नेपाल समुहले पार्टीको ह्वीप उलंघन गर्दै खिमलाल देवकोटालाई मतदान गरेका थिए। यसअघि शनिबार माधव पक्षकी नेतृ शाक्यले उपनिर्वाचनमा गरेको मतदानको गोपनियताको अधिकार उलंघन भएको भन्दै आपत्ति जनाएकी थिइन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]