राजनीति

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

चुनाव, खनाल-नेपाल पक्ष र विपक्षी गठबन्धनबारे छलफल हुने

जेठ १०, २०७८

    काठमाडौं : नेकपा (एमाले) को संस्थापन पक्ष (ओली समूह) ले स्थायी कमिटी बैठक बोलाएको छ।

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज अपराह्न चार बजे बस्‍नेगरी बैठक बोलाएका नेता सुवास नेम्बाङले जानकारी दिए।

    नेम्बाङका अनुसार बैठकमा चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुनेछ।

    शनिबार बसेको बसेको स्थायी कमिटीले माधव नेपाल समूहका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। साथै, राष्ट्रियसभा उप-चुनावमा गृहमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल'लाई हराउन सहयोग गर्ने प्रदेश सभाका १४ सांसदसँग पनि स्पष्टीकरण सोधेको थियो। सो विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुने बताइएको छ।

    पार्टीको निर्देशन विपरीत आफ्नो संसदीय दलका नेतालाई हराउन भन्दै विपक्षी गठबन्धनसँग साँठगाँठ गर्ने माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई आज बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो। तर, खनाल-नेपाल समूहले स्पष्टीकरण नबुझाउने घोषणा गरेका छन्। 

    त्यस्तै, प्रदेश सभाका १४ प्रदेशसभा सदस्यहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरूणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो। उनीहरूले हिजो नै एकमुष्ट स्पष्टीकरण बुझाएका थिए। 

    आजको बैठकमा उनीहरूलाई के गर्ने विषयमा स्थायी कमिटीमा छलफल हुने बताइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]