काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता...
काठमाडौं : नेपाली सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को प्रमुखमा नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सचिवस्तरको जिम्मेवारी दिने निर्णय गरेको हो। शर्मालाई सचिव सरहको राजनीतिक नियुक्ति गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
कोभिड प्रतिकार्यमा नेपाली सेनाका उपरथी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सदस्य रहने व्यवस्था छ। यसलाई आपत्काल घोषणा गरेर सेना परिचालन गर्न सक्ने अधिकार दिइएको छ।
यस्तै सोमबारको मन्त्रीपरिषद् बैठकले सप्तरी, सर्लाही, बागमती, सुदूरपश्चिम प्रदेश सहित १० वटा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय पनि गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।