समाज

मेची अस्पतालमा बन्‍ने भयो ५० बेडको छुट्टै कोभिड आइसोलेसन भवन

जेठ १३, २०७८

    झापा : भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्ने भएको छ।

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० बेड क्षमताको कोभिड आइसोलेसन भवन बन्न लागेको हो। सो भवनको बिहीबार बिहान एक संक्षिप्त कार्यक्रमबीच मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले शिलान्यास गरेका छन्।

    दोस्रो चरणको कोरोना भाइरसको महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको र स्वास्थ्यमा समस्या देखिएका संक्रमित बिरामीलाई मेची अस्पतालको निर्माणाधीन भवनमा बनाइएको अस्थायी कोभिड उपचार केन्द्रमा राखेर उपचार गराइसकेको अवस्था छ। मेचीमा छुट्टै कोभिड आइसोलेसन भवन नहुँदा अस्पतालले संसदहरुसँग बजेट मागेर सो भवन बनाउन लागेको बताइएको छ।

    भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद सुरेन्द्रकुमार कार्कीले २० लाख, क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद पवित्रा निरौला ९खरेल०ले १० लाख र क्षेत्र नम्बर ४ का लालप्रसाद साँवा (लिम्बु) १५ लाख बजेट विनियोजन गरेको मेची अस्पताल पूर्वाधार निर्माण उपभोक्ता समितिका सचिव बाबुराम अधिकारीले जानकारी दिए।

    झापा ३ नम्बर क्षेत्रमा बन्न लागेको कोभिड भवनका लागि यसै क्षेत्रका सांसदले भने बजेट छुट्टाएनन्। सांसदहरूको ४५ लाख र उपभोक्ता समितिको ९ लाख बजेटमा सो भवन बन्न लागेको सचिव अधिकारीले बताए। ‘ट्रस्टसहितको भवनमा दुई वटा हल, अफिस कोठा र शौचालय बन्नेछ,’ उनले भने, ‘निर्माण कार्य यही असार मसान्तभित्र सक्ने योजना छ।’ 

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट भद्रपुर नगरपालिकामार्फत आउने र भवनको प्राविधिक सहयोग पनि नगरपालिकाले गर्ने उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी दिए। कोभिड भवनका लागि अन्यत्रबाट सरसहयोग जुटिरहेको उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]