काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
तनहुँ : व्यास नगर जेसिज सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा बिरामीका लागि बरदान सावित भएको छ।
कोरोनाको संक्रमणका कारण गर्भवती, सुत्केरी र अन्य रोगका बिरामीले अस्पतालसम्म पुग्न निकै सास्तीमा रहेको अवस्थामा व्यास नगर जेसिजले एम्बुलेन्स सेवा सुरुवात गरेसँगै बिरामीका लागि जेसिजको एम्बुलेन्स सेवाले सहजता कायम गरेको छ।
जेसिआइ व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालका अनुसार जेसिजले सुरुवात गरेको निःशुल्क एम्बुलेन्स सेवामार्फत हालसम्म ६ जनाले सेवा लिइसकेका बताए।
जेसिजले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाअन्तर्गत पहिलो दिन भानु नगरपालिका–६ डाँडाथोककी गर्भवती सुस्मिता अधिकारीलाई पश्चिमाञ्चल अस्पताल पुर्याइएको थियो।
गर्भवती अधिकारी सवारीसाधन नपाएर दमौलीको अनसनचोकमा अलपत्र अवस्थामा परेकी थिइन्। त्यस्तै जेसिजको एम्बुलेन्समार्फत व्यास-१२ की डालीमाया थापाले समेत सेवा लिएकी छन्। टाउकोको समस्या भएकी थापालाई जेसिजले अस्पतालसम्म पुग्न सहयोग गरेको थियो।
त्यसैगरी जेसिआई व्यास नगरको एम्बुलेन्स सेवामार्फत भानु नगरपालिका–५ की ६० वर्षीया विभा माया सुनारले समेत सेवा पाएकी छन्। सुनारको घरमै पुगेर सेवा प्रदान गरिएको उनले बताए।
उनको घरमै पुगेर जेसिजका अध्यक्ष खनाल र भानु ५ कांग्रेसका युवा नेता शैलेस खातीले अस्पतालसम्म पुर्याएका थिए। त्यस्तै ऋषिङ गाउँपालिका–१ कोइदिमकी ३ दिनकी सुत्केरी मनिषा बरालीलाई समस्या भएपछि अस्पताल ल्याई उपचार गरेर घर पुर्याइएको अध्यक्ष खनालले जानकारी दिए।
कोरोनाको संक्रमणका कारण सहज रुपमा सवारीसाधन पाउने अवस्था नरहेपछि सामाजिक उत्तरदायित्वको बहन गर्ने यस किसिमको सेवा प्रवाह थालिएको अध्यक्ष खनालले बताए।
निषेधाज्ञाको अवधिभर यो सेवालाई निरन्तरता दिने खनालले बताए। व्यास नगर जेसिजको कार्यलाई सर्वसाधारणले समेत सराहनीय कार्य गरेको भन्दै प्रसंसा गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।