विश्व

चिनियाँ सिनोभ्याक खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोग अनुमति दियो

जेठ १९, २०७८

    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध चीनले विकास गरेको सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। 

    सिनोभ्याक खोप यसअघि नै चीन, इन्डोनेसिया, ब्राजिल र चिलीलगायत देशमा लगाइसकिएको छ। विभिन्न देशमा लगाइएको यो खोपलाई डब्ल्यूएचओले पनि प्रयोग अनुमति दिएको हो।

    यो खोप १८ वर्षभन्दा बढीको उमेर समूह भएका मानिसहरूलाई लगाइएको छ। पहिलो डोज लगाएको दुईदेखि चार साताभित्र दोस्रो डोज लगाउनुपर्छ।​

    डब्ल्यूएचओले यसअघि चिनियाँ खोप सिनोफार्मलाई पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइसकेको छ।

    अब कोभ्याक्स सुविधाअन्तर्गत पनि सिनोभ्याक खोप प्रयोग गर्ने बाटो खुलेको र खोपसम्म पहुँच विस्तारमा सहयोग पुग्ने डब्ल्यूएचओले जानकारी दिएको छ।

    दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने सो खोप विकासोन्मुख मुलुकमा उपयोगी हुने देखिएको बीबीसीमा खबर छ। यो खोप लगाएपछि संक्रमणदर ५० प्रतिशतभन्दा बढी र अस्पताल भर्ना हुने दर शतप्रतिशत रोकिएको दाबी गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]