समाज

सुर्नया र पाटनका युवाले सञ्चालन गरे निःशुल्क एम्बुलेन्स सेवा

जेठ २१, २०७८

    बैतडी : बैतडीको सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका  युवाहरुले आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन्। कोरोना भाइरसका बिरामी र अन्य बिरामीहरुलाई महामारीको समयमा अस्पताल पुर्‍याउन सहज होस् भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जनाएका छन्। 

    सुर्नयामा पातालभूमेश्वर युवा जागरण मञ्च (प्रवास) र नेचुरल अर्गनाइजेसन बैतडीले संयुक्त रूपमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन्।

    गाउँपालिकामा एम्बुलेन्स नहुँदा गाउँपालिकाबासीहरुलाई समस्या भएकाले महामारीको समयमा बिरामीहरूलाई अस्पताल पुर्‍याउनका लागि आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पातालभुमेश्वर युवा जागरण मञ्च (प्रवास)का उपाध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिए। कोभिडको महामारीसम्म यो सेवा सञ्चालनमा रहनेछ उउनले भने, ‘गाउँपालिकामा एम्बुलेन्स छैन, गाउँका युवाहरु मिलेर भाडामा जिप लिएर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरेका हौं।’

    समस्यामा परेका सुर्नया गाउँपालिकाका नागरिकहरुलाई सहयोग पुर्‍याउनका लागि आफूहरुले यो अभियान सञ्चालन गरेको नेचुरल अर्गनाइजेसनका अध्यक्ष धनबहादुर विष्टले जानकारी दिए।

    अहिलेको समयमा धेरै नागरिक समस्या रहेकाले उनीहरूलाई सहयोग पुर्‍याउनका लागि प्रयास गरिएको जनाइएको छ।  उनले भने,‘समस्यामा परेका नागरिकलाई युवाहरुले सहयोग गर्नुपर्छ भन्ने सन्देश पनि हामीले दिन खोजेका हौं।’

    युवाहरुले कोरोना माहामारीको बेला सुर्नया गाउँपालिकाभित्र से१ज ९१७ नम्बरको जिप सञ्चानलमा ल्याएका हुन्। कुनै पनि नागरिकरुलाई बिरामी भएर अस्पताल जान सवारीसाधनको आवश्यकता परे आफूहरूलाई सम्पर्क गर्न आग्रह गरेका छन्। आर्थिक अभावले अस्पताल जान नसकेर समस्यामा परेका नागरिकहरुले ९८११६६०८०३, ९८४८८३६२६७, ९८६१८९००८१, ९८४८८९१४७१ जिप चालक ९८४२२५७६२६ मा सम्पर्क गर्न युवाहरूले सबैमा आग्रह गरेका छन्। गाउँपालिकाभित्र निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन आएकाले बिरामीलाई अस्पताल आउन-जान सहज हुने भएको छ।

    यस्तै, पाटन नगरपालिकाका दुई युवाले  पनि कोरोना संक्रमित बोक्नका लागि  निःशुल्क एम्बुलेन्स सेवा  सञ्चालन गरेका छन्। नेकपा (एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारी र युवासंघका जिल्ला सदस्य भुवन जोशीले निःशुल्क एम्बुलेन्स सेवा  सञ्चालन गरेका हुन् ।

    आर्थिक अभावमा अस्पताल जान समस्या नपरोस भनेर उनीहरू दुवैजनाले  जिपलाई भाडामा लिएर महामारी नियन्त्रण नहुँदासम्मका लागि सेवा सञ्चालन गरेका हुन्। अहिले कोरोना भाइसको संक्रमण दिनप्रतिदिन फैलिइरहेकाले  त्यसको रोकथाम र नियन्त्रणका लागि   एम्बुलेन्स सेवा सञ्चालन गरेको  नेकपा(एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए।

    एउटा जिपलाई भाडामा लिएर  निःशुल्क रुपमा  संक्रमित बिरामी बोक्ने व्यवस्था गरेका हौं। उनले भने,‘कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउन निःशुल्क गाडीको व्यवस्था गरेका छौं,महामारीसम्म यो व्यवस्था गरेका हौं।’

    पाटन नगरपालिकाभित्रका कोरोना संक्रमितलाई मध्यनजर गर्दै उक्त व्यवस्था गरिएको भए पनि आवश्यकता परेमा जिल्लाका अन्य ठाउँका बिरामीलाई सेवा दिइने भण्डारीको भनाइ छ।  उनले भने,‘कोरोना संक्रमित तथा अन्य बिरामी यातायात अभावको कारणले अकालमै मृत्युवरण नगरुन भन्ने उद्देश्‍यले हामीले बिरामीको घरबाट अस्पतालसम्म पुर्‍याउने २४ सै घण्टा नि:शुल्क यातायात सेवा सञ्चालनमा ल्याएका हौँ।’

    स्वास्थ्यमा समस्या आएमा लोकेन्द्र भण्डारी ९८५१०६६५५१ भुवन जोशी ९८५११२३९४५ र चालक ९८६९४४०६०९ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी  गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]